यादहरू « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यादहरू


१५ चैत्र २०७६, शनिबार


सम्झनाको परेलीमा चियाउने
बिहानी शीतको थोपा जस्तै यादहरू
कहिले तैरिएर
कहिले डुबेर
मानसपटलको गहिराइमा लुकेका
सुन्दर सम्झनाहरूको मालामा
निरन्तर बग्ने ती पलहरू
रात्रिको विशाल गगनमा टिलपिल टिलपिल गरी चम्कने
ताराहरू जस्तै अनगिन्ती यादहरू
खसेको तारा रफ्तारले मध्य आकाशमा विलय भए जस्तै
बिलाउने यादहरू
कहिले मन्द मन्द शीतल पवन
कहिले तीव्र वेगको बतास
कहिले कतै टोलाएको बेला अनायासै सहाउने
कहिले यतिकै त्यतिकै आँखा रसाउने
मुटु भित्र बसेका बितेका पलहरूलाई
झकझकाइ रहने प्यारा यादहरू
सपनाको संसारमा डुबुल्की मारेको बेला
मग्न भई रमेको बेला
बिचैमा छोडेर जाने
निष्ठूरी, कठोर यादहरू
आफै आउने आफै जाने
बादल झैँ उड्ने यादहरू !

प्रतिक्रिया दिनुहोस