गोली भर्दाभर्दै पड्किएर हवल्दारको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोली भर्दाभर्दै पड्किएर हवल्दारको मृत्यु


१४ चैत्र २०७६, शुक्रबार


स्याङ्जा । बन्दुकमा गोली भर्ने क्रममा पड्किँदा स्याङजाको चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार रविन्द्र पौडेलको ज्यान गएको छ।

शुक्रबार आफ्नै कार्यालयमा रहेको बन्दुकमा गोली भर्ने क्रममा पड्किँदा उनको ज्यान गएको हो।

हरिनास गाउँपालिकामा–२ मा रहेको इलाका प्रहरी कार्यालयमा बन्दुकमा गोली भर्ने क्रममा अचानक पड्ँकिदा घाइते भएका उनको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

३६ वर्षका पौडेलको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको बताइएको छ। पोखरा महानगरपालिका २६ घर भएका पौडेल घटनाबारे अनुसन्धानका लागि प्रहरी उपरीक्षक विमलराज कडेंलसहितको टोली घटनास्थलतर्फ पुगिसकेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस