डोटीमा दैनिक उपभोग्य बस्तु खरिदका लागि दुरी कायम « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटीमा दैनिक उपभोग्य बस्तु खरिदका लागि दुरी कायम


१४ चैत्र २०७६, शुक्रबार


डोटी । डोटीमा दैनिक उपभोग्य बस्तु र औषधी खरिदका लागि सशस्त्र प्रहरीले दुरी कायम गर्न थालेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण दिपायलले डोटीको पिपल्ला बजारका विभिन्न किराना पसल, डेरी र औषधी पसलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण दिपायलले काम थालेको हो ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देशमा अहिले लकडाउन घोषणा गरिएको छ । दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु खरिदमा गएका सर्वसाधारणका लागि पसल अगाडि वर्गकार घेरा बनाई दुरी कायम गरी लाइनमा लागेर सामाग्रीहरू खरिद गर्ने व्यवस्था गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण दिपायलका प्रमुख एवं प्रहरी उपरीक्षक जहर सिंह बुढाले जानकारी दिएका छन् ।

दैनिक उपभोग्य बस्तुहरू खरिद गर्न जाँदा एक अर्काको बिचको दुरी नजिक हुँदा सङ्क्रमणको सम्भावना बढी हुने भएकाले उपभोक्ताहरूका लागि दुरी कायम गर्ने कार्य अगाडि बढाएको हो ।

पीपल्ला बजारबाट सुरुवात गरिएको दुरी कायम कार्य भए पनि जिल्लाका मुख्य बजारहरुमासमेत गरिने छ ।

अत्यावश्यक वस्तु खरिदमा गएका सर्वसाधारणका लागि पसल अगाडि वर्गकारको घेरा बनाएर कम्तीमा एक मिटर टाढा लाइनमा लाग्ने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस