उपप्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडिओ कन्फरेन्स सुरू « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपप्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडिओ कन्फरेन्स सुरू


१४ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडिओ कन्फरेन्स सुरू भएको छ।

उपप्रधानमन्त्री पोखरेल र मुख्यमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालयमा रहेको ‘वाररूम’बाट कुराकानी भएको हो।

छलफलमा उपप्रधानमन्त्री तथा कोरोना रोकथाम तथा र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले उच्चस्तरीय समन्वय समितिको निर्णय, नीति तथा कार्यक्रमका बारेमा माननीय मुख्यमन्त्रीहरूलाई जानकारी गराउने र प्रदेशहरूको अवस्था तथा समस्याका बारेमा जानकारी लिने उनका प्रेस संयोजक लोकेन्द्र केसीले जनाएका छन् ।

भिडियो कन्फरेन्समा कोरोना रोकथाम र आगामी योजनाबारे छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस