बिदेशबाट आएका व्यक्ति आइसोलेसनमा बसिदिन स्वास्थ्य सचिव कोइरालाको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बिदेशबाट आएका व्यक्ति आइसोलेसनमा बसिदिन स्वास्थ्य सचिव कोइरालाको आग्रह


१३ चैत्र २०७६, बिहिबार


काठमाडौँ । देशबाहिरबाट आएका व्यक्तिहरु आइसोसेलसनमा बसिदिन स्वास्थ्य सचिव यादव प्रसाद कोइरालाले आग्रह गरेका छन् ।

यसरी आएका व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण भएको रहेछ भनेपनि फैलिने अवस्था नहुने बताउँदै आफू, अरु र समाजलाई बचाउन पनि आइसोलेसनमा बस्न आग्रह गरेका हुन् ।

बिहीबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले भने ‘बाहिरबाट आउनु भएका व्यक्तिहरु आइसोलेसनमा बसिदिनु भयो भने एटलिष्ट रोग लागेको रहेछ भने पनि त्यो रोग फैलिने अवस्था हँदैन, आफू पनि बाचिन्छ, अर्कोलाई पनि बचाइन्छ र समाज पनि बाँच्दछ ।’

‘रोग लागेको छ, छैन भनेर शुरुमै थाहा नहुने भएकोले जोखिम क्षेत्रबाट आएको छ भने आइसोलेसनमा बसिदिनुहोस्’ उनले भने ।

उनले रोगबाट बच्नका लागि टाढा बस्न, साबुन पानीले हात हुन होम क्वारेन्टिनमा बस्नु नै रोगबाट बच्ने उपाय भएकोले सबैले मन्त्रालयले गरेको अनुरोध मानिदिनसमेत आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस