२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउनपछि सुदूरपश्चिमबाट रगत नमूना पठाउन समस्या

अ+ अ-

भीमदत्तनगर । कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडौँ पठाउन समस्या भएको छ । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले हालसम्म परीक्षणका लागि काठमाडौँ १४ रगत नमूना पठाइसकेको जानकारी दिएको छ ।

‘लकडाउनअघि पठाएकामध्ये नौ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ’, प्रयोगशालाका ल्याव टेक्निसियन तथा कोभिड–१९ का फोकलपर्सन रामप्रसाद ओझाले भने, ‘अहिलेसम्म कञ्चनपुरबाट पठाइएको एउटा नमूना प्रदेश प्रयोगशालामा छ ।’ कोराना भाइरसकै लक्षणसित मिल्दोजुल्दो लक्षण देखिएपछि कैलालीबाट सात, बाजुराबाट चार र कञ्चनपुरबाट तीन वटा रगत नमूना प्रदेशमा पठाइएको उनले जानकारी दिए ।

‘कञ्चनपुरबाट पठाइएकामध्ये शनिबार पठाएको दुई नमूनाको रिपोर्ट पनि काठमाडौँबाट आउन बाँकी छ’, ओझाले भने, ‘होल्डमा रहेको नमूना पनि आज एम्बुलेन्स वा कसरी पठाउने भन्ने विषयमा गृहकार्य हुँदैछ ।’ उनले कैलाली र बाजुराबाट पठाएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

‘जिल्ला अस्पतालबाट आउने रगत नमूना हामीले केन्द्रमा पठाउने हो’, उनले भने, ‘लकडाउनले जहाज र यातायात नचल्दा केही समस्या भने भएको भए पनि निराकरणको प्रयास हुँदैछ ।’ कोराना भाइरस सङ्क्रमण भएको थाहा पाउने राष्ट्रिय प्रयोगशाला टेकुमा मात्रै छ ।

काठमाडौँ बाहिर सो स्तरको सुविधा भएको प्रयोगशाला नहुँदा मुलुकभरबाट काठमाडौँ नै रगत नमूना पठाइँदैछ । रगत नमूनाको रिपोर्ट नआउँदा भीमदत्तनगरस्थित महाकाली अस्पतालमा तीन पुरुष बिरामीलाई आइसोलेसन कक्षमा राखिएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपीई वितरण गरेको छ । प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपीई) उपलब्ध गराइएको हो ।

मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई चार थान पिपीई उपलब्ध गराएको थियो । भीमदत्तनगरस्थित महाकाली अस्पतालका मेडिकल स्टोर किपर तिलकराज ओझाले अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपीई र मास्क अभाव नरहेको बताए । अस्पतालमा ६ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ भने यहाँको सीएम छात्रावासमा १०० श्ययाको क्वारेन्टाइन नेपाली सेनाले निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस