सीमामा अलपत्र परेकालाई नेपाल आउन दिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सीमामा अलपत्र परेकालाई नेपाल आउन दिने


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । सीमामा अलपत्र परेकाहरूलाई १४ दिन क्वारन्टीनमा बस्ने सर्तमा नेपाल आउन दिने निर्णय गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मङ्गलवार मध्यान्ह बसेको बैठकले अन्तिम पटकका लागि उनीहरूलाई आउन दिने निर्णय गरेको हो ।

लकडाउनका कारण भारतबाट आएका ठुलो सङ्ख्यामा नेपालीहरू नाकामा रोकिएसँगै उत्पन्न तनावलाई मध्यनजर गर्दै समितिले आजसम्म सीमामा अलपत्र परेका नेपालीहरूलाई नेपाल प्रवेश गर्न दिने भनेको हो ।

‘अन्तिम पटकका लागि आज आउन दिन निर्णय भएको छ सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले भने, तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारन्टीनमा अनिवार्य भनेका छौँ ।’

त्यसरी नाकाबाट नेपाल प्रवेश गर्नेहरू क्वारन्टीनमा बस्ने स्थान गृह र स्वास्थ्य मन्त्रालय प्रदेश सरकारसँग मिलेर तोक्ने बताइएको छ।

विदेशमा रहेका नेपालीहरू कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि देखिएको विपद्को घडीमा आफू बसेकै स्थानमा बसून् भनेर सरकारले कूटनीतिक ढङ्गले पहल गर्ने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस