२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस नियन्त्रणको लागि बेलायतमा पनि ‘लकडाउन’

अ+ अ-

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण लगातार बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडाइ गर्न ‘लकडाउन’ को घोषणा गरेका छन् ।

सर्वसाधारणलाई घरभित्रै बस्न आह्वान गरिनुको साथै दुई जनाभन्दा बढीको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको घोषणा गरिएको छ ।

आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण रोक्ने प्रयासका रुपमा प्रधानमन्त्री जोनसनले नयाँ नियन्त्रणका उपाय अघि सारेका छन्। यो नियम तत्काल लागू हुने भएको छ । आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक सेवा वाहेक अब घरबाहिर निस्किन निषेध गरिएको छ ।

यी नियम नमान्नेविरुद्ध प्रहरीले जरिबाना गराउन सक्ने प्रधानमन्त्री जोनसनले बताएका छन्। प्रधानमन्त्री जोनसनले यस्ता घोषणा गर्ने कुनै प्रधानमन्त्रीलाई पनि रहर नहुने भन्दै तीन सातामा यी नियमको समीक्षा गरिने बताएका छन् ।

बेलायतमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ३३५ व्यक्तिको मृत्यु भइसेकेको छ । छ हजार १८० व्यक्ति सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

युरोपमा सबभन्दा धेरै प्रभावित इटलीमा बितेको २४ घण्टामा त्यहाँ ६०० जनाभन्दा बढीको ज्यान गएको छ । उक्त सङ्ख्या गत दुई दिनको भन्दा कम भएको समाचारमा जनाइएको छ ।

यसअघि कोरोना भाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागू गरिसकेको छ । टेलभिजनमा सम्बोधन गर्नु हुँदै चान्सलर एञ्जेला मार्केलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताएका थिए ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण १२३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४८० जना सङक्रमित रहेका छन् । यसैबीच ४५३ उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस