काठमाडौं । आजदेखि आकस्मिक बाहेकका सबै अन्तरराष्ट्रिय उडान बन्द हुने भएका छन् । सरकारले चैत्र ९ देखि १८ सम्म अन्तरराष्ट्रिय उडान बन्द गर्ने गरेको निर्णय आजदेखि कार्यान्वयन हुने भएको हो ।
सोमबारदेखि विदेशी वायु सेवाका विमान बन्द गरिएका छन् । यो निर्णय कार्यान्वयनसँगै अन्तरराष्ट्रिय विमानस्थल ठप्प हुने भएको छ । नेपाल उडान गरिरहेका २८ वायु सेवा कम्पनीका ६५ वटा उडान प्रभावित बनेका छन् ।
तर प्रतिवन्धका समयमा पनि आकस्मिक उडान भने गर्न पाउने छन् । नेपाली यात्रुलाई लैजान पाउने छैनन् । यो व्यवस्थाका लागि वायुसेवाले आकस्मिकको घोषणा गरेर पूर्व अनुमति लिनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।