काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको मृत्यु भएको हल्ला अफवाह मात्र भएको बताइएको छ। सामाजिक सञ्जालमा हल्ला भएजस्तो अस्पतालमा कुनै कोरोना भाइरस संक्रमितको मृत्यु नभएको नर्भिक अस्पतालले जनाएको छ।
अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई कोरोना लागेको एक जनाको मृत्यु भएको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएको भिडियो बारे अस्पतालका अध्यक्ष वसन्त चौधरीले अस्पतालमा कोरोनाका कुनै पनि बिरामी नभएको बताए।
म्यासेज भाइरल भएसँगै अध्यक्ष चौधरीले ट्विट गर्दै लेखेका छन् ‘यो अत्यन्तै भ्रामक न्यूज हो र नियतवश गरिएको हो । नर्भिकमा यस्ता कुनै पनि बिरामीहरू नभएको जानकारी गराउन चाहन्छु ।’
यस विषयलाई हामीले साइबर क्रामइ सेल तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका गराइसकेकोसमेत बताएका छन् ।
यो अत्यन्तै भ्रामक न्यूज हो र नियतवस गरिएको हो । नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु । यस विषयलाई हामिले Cyber Crime Cell तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौं । हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौं ।
— Basant Chaudhary (@basant_cg) March 21, 2020