२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पन्ध्र घाइते

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सरावल गाउँपालिका-१ बासामा कार र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बर्दघाट-४ का ५३ वर्षीय रत्नबहादुर कामीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१च ९६२२ नंको कार र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु३५प ३१२७ नंको मोटरसाइकल गए राति ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कामीको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतकै सरावल-१ तुल्सीनगरमा पनि गए राति रोकिराखेकोे ना२ख ७४८३ नंको ट्रकमा लु१४प २२३४ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सरावल-१ का ४१ वर्षीय ईश्वरबहादुर कार्कीको मृत्यु भएको छ ।

यस्तै जिल्लाको बर्दघाट नगरपालिका-२ चिसापानीमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा पन्ध्र यात्रु घाइते भएका छन् । काठमाठौँबाट धनगढीतर्फ जाँदै गरेको बा४ख ८४८७ नंको बस अनियन्त्रित भई पल्टिएको हो । घाइतेहरुको बुटवलमा उपचार भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस