२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालोबजारी एवं कृत्रिम अभाव रोक्न माग

अ+ अ-

पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ध्यानाकर्षणपत्र प्रदान गर्दै मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव रोक्न ध्यानाकर्षण गराएको हो ।

कोरोना भाइरसका कारण पर्यटन तथा होटल व्यवसायमा परेको प्रभावका सम्बन्धमा सदस्य होटल सञ्चालकबीचको छलफल तथा अन्तक्र्रियामा मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव रोक्नुपर्नेमा जोड दिएको थियो ।

यसैगरी आगन्तुक पाहुना तथा होटलमा कार्यरत कर्मचारी र आम उपभोक्तालाई समेत असहज परिस्थिति सिर्जना हुन थालेको गुनासो सङ्घको कार्यालयमा प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष तुलाचनले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा उत्तिकै त्रास र सङ्कट सिर्जना भएको जानकारी दिए ।

सरकारद्वारा घोषित नेपाल भ्रमण वर्ष २०२० मा केही राहत हुने अपेक्षा गर्दै गर्दा विश्व अर्थतन्त्रलाई नै प्रभाव पार्ने गरी देखापरेको भाइरसका कारण होटल तथा पर्यटन उद्योगमा असर पुग्न गई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज एवं होटलमा कार्यरत कर्मचारीको पारिश्रमिकसमेत भुक्तानी गर्न सक्ने अवस्था नभएको ध्यानाकर्षणपत्रमार्फत स्मरण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस