कर्फ्यू हट्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्फ्यू हट्यो


४ चैत्र २०७६, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौतीमा लगाएको कर्फ्यू हटाएको छ ।

मंगलबार राति ८ बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश हटाइएको हो ।

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्रु खानीखोला गाउँपालिकाकी ३० वर्षीया जनिमाया गोले र उनकी छोरी ३ वर्षीया स्मारिका गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएसँगै स्थिति तनावग्रस्त बनेको थियो ।

सो क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा पाँच जना प्रहरी र तीन जना सर्वसाधारण घाइते भएपछि मंगलबार बिहानै प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस