२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम नवलपरासीमा राप्रपाको एकता

अ+ अ-

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पश्चिम नवलपरासीको एकता टुङ्गिएको छ ।

राप्रपा र राप्रपा (संयुक्त) बीच केन्द्रीयस्तरमा एकीकरण भएलगत्तै जिल्लाको एकता पनि सर्वसम्मत टुङ्ग्याइएको सो पार्टीले जनाएको छ ।

केन्द्रमा दुई राप्रपाबीच गत फागुन २८ गते एकीकरण घोषणा भएको थियो । एकीकरणपछि राप्रपाको जिल्ला अध्यक्षमा ओमबहादुर सिंह चयन भएका छन्। पार्टीका केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधानको उपस्थितिमा सोमबार परासीमा भएको जिल्ला समायोजन भेलाले साविक राप्रपा (संयुक्त) का जिल्ला अध्यक्ष सिंहलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

साविक राप्रपाका जिल्ला अध्यक्ष बाबुराम शर्मा पौडेल एकीकरणपछि पार्टीको जिल्ला उपाध्यक्ष चयन भएका छन् । तत्कालीन राप्रपा(संयुक्त)को २९ सदस्यीय र राप्रपाको १६ सदस्यीय जिल्ला समितिलाई समायोजन गरी ४५ सदस्यीय जिल्ला समिति बनाइएको राप्रपाका जिल्ला प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए ।

उनका अनुसार नवगठित पार्टीको अन्य उपाध्यक्षमा किरण ज्ञवाली, सम्झना चौधरी, सञ्जय श्रीवास्तव, सचिवमा माधवलाल श्रेष्ठ, कोषाध्यक्षमा जनार्दन यादव तथा जिल्ला प्रवक्तामा सन्तोषकुमार पाण्डे चयन भएका छन् । जिल्लाको एकता सकिएकाले अब स्थानीय तहसम्मको एकतालाई पूर्णता दिँदै जाने प्रवक्ता पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस