२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिप्रुङ चुइचुम्मामा ‘एक वडा, एक दलित सहकारी संस्था’

अ+ अ-

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा ‘दलित बचत तथा ऋण सहकारी संस्था’ स्थापना गरिएको छ ।

दलित परिवारलाई बचत गर्ने तथा बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गराउन गाउँपालिकाले ‘एक वडा, एक दलित सहकारी संस्था’ स्थापना गरेको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रमअन्तर्गत छोरम्बुमा स्थापना भएको सहकारीमा सो गाउँपालिकाको रु ५० हजार बीउ पूँजी रहेको छ । स्थानीय पदमबहादुर परियारको अध्यक्षतमा सात सदस्यीय सञ्चालक समिति रहेको सहकारीमा स्थापनाकालमै ४२ शेयर सङ्ख्या पुगेको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार बाँकी छ वडामा पनि यसै आवभित्र सहकारी संस्था स्थापना गरिने गाउँपालिकाले जनाएको छ । सहकारी संस्था स्थापना भएपछि दलित समुदायमा बचत गर्ने बानी बढ्न थालेको छ । आर्थिक र सामाजिकरूपमा पछाडि परेका दलित समुदायको उत्थान गर्न ‘दलितसँग सहकारी’ कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए ।

“दलित समुदायमा छरिएर रहेको पूँजीलाई एक ठाउँमा बचत गर्ने र सो रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्दै उनीहरुको आर्थिकस्तर उकास्ने उद्देश्यले ‘एक वडा, एक दलित सहकारी संस्था’को अवधारणा ल्याइएको हो”, उनले भने, “दलित समुदायका सदस्य मात्र सहभागी हुने सहकारी संस्था हरेक वडामा स्थापना गरिनेछ ।”

सात वडा रहेको सो गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी संस्था स्थापना गर्न बीउ पूँजीस्वरुप आव २०७६/०७७ मा रु पाँच लाख रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । सहकारी संस्थाका लागि आवश्यक विधान निर्माण, सहकारी दर्ता, तालिम, व्यवस्थापनलगायतका काममा गाउँपालिकाले सहयोग गरेको जनाइएको छ ।

समावेसी शीर्षकमा दलित समुदायका लागि विनियोजन गरिने अधिकांश बजेट यसअघिसम्म तालिम, गोष्ठी र खाजा नास्तामै खर्च हुँदा दलित समुदायको जीवनस्तर उक्सन नसकेको तथ्यलाई ध्यानमा राखेर सहकारी संस्था स्थापनामा लगानी गर्ने निर्णय गरिएको जनाइएको छ । गाउँपालिका प्रमुख राईका अनुसार दलित सहकारी संस्थाको सञ्चालकदेखि कर्मचारी पनि दलित समुदायकै व्यक्ति हुनेछन् ।

परम्परागत पेशा सिलाइ/कटाइ तथा आरन व्यवसाय गर्दै आएका सो गाउँपालिकाका दलित समुदाय गाउँपालिकाले आफ्नै नेतृत्व र स्वामित्वमा सहकारी संस्था स्थापना गरिदिने भएपछि हर्षित भएका छन् । तीन हजार ७५२ घर स्थानीयवासीको बसोबास रहेको सो गाउँपालिकामा ३८० घर दलित परिवार छन् । बालीघरे प्रथाका रूपमा काम गर्दै आएका सो गाउँपालिकाको दलित समुदायका युवापुस्ता पछिल्लो समय वैदेशिक रोजगारीमासमेत जाने गरेका छन् । बचत गर्ने बानीको विकास नहुँदा अधिकांश परिवारका सदस्यले विदेशमा कमाएर पठाएको रकम फजुल खर्चमा सकिने गरेको गाउँपालिकाले सार्वजनिक गरेको एक तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस