४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भवतीलाई अण्डा, सुत्केरीलाई घिउ : घरमा सुत्केरी हुने शुन्य

अ+ अ-

चन्द्रौटा । शिवराज नगरपालिका–१ करहिया बस्ने सीता थारू गर्भवती भएको सात महिना भयो ।

वडा कार्यालयले उनलाई एक क्यारेन्ट अण्डा र गर्भ स्याहारसम्बन्धी तालीम दियो । तालीमपश्चात् उनी अहिले दैनिकी एउटा अण्डा खाने गर्छीन् । पहिलो पटक वडाले सहयोग गरेकोे र त्यसपछि घरपरिवारले नै अण्डा ल्याइदिने गरेको उनले बताइन् । त्यस्तै १५ दिने सुत्केरी हरिकला बेल्वासेलाई वडाध्यक्षले घरमै गएर घ्यु, मह र पौष्टिक पाउडर दिए भने स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच पनि गरे । आफू र बच्चालाई वडाले गरेको सहयोगप्रति उनी खुशी छिन् ।

शिवराज नगरपालिका–१ का ६० जना गर्भवतीलाई वडा कार्यालयले प्रतिमहिला एक क्यारेट अण्डा र तालीम दिएको छ । गर्भवतीलाई स्वस्थ राख्नका लागि अण्डा तथा तालीम प्रदान गर्न नगरले प्रतिवडा रु ५० हजार रकम विनियोजन गरेको छ । नगरमा रहेका ११ वडामध्ये गर्भवतीलाई कोसेली दिने पहिलो वडा बनेको छ । वडामा रहेका सबै गर्भवतीसँग स्वास्थ्यकर्मी सम्पर्कमा रहेको वडाध्यक्ष जगत क्षेत्रीले जानकारी दिए । स्वस्थ बच्चा जन्माउन पौष्टिक आहार र स्याहारसुसारमा विशेष ध्यान परिवारले दिनुपर्ने उनले बताए ।

त्यस्तै वडाले माघ महिनामा १४ जना सुत्केरीलाई आधा किलो घ्यू, आधा किलो मह र एक प्याकेट पौष्टिक पाउडरसहित घरमै गएर स्वास्थ्य जाँच गरेको छ । गत फागुन महिनामा १६ जना सुत्केरीलाई उक्त आहार वितरण गरिएको हो । वडा कार्यालय र शिवपुर स्वास्थ्यचौकीको सहकार्यमा सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले जानकारी दिए । पछिल्लो समय घरमा सुत्केरी गराउनेको सङ्ख्या शून्य रहेको उनले बताए ।

“पहिला स्वास्थ्य स्वेयम्सेविकाले गर्भवतीलाई स्वास्थ्य संस्थामा ल्याउने गर्थिन् अहिल आफैँ आउछन्” प्रमुख पौडेलले भने “उमेर पुगेका महिला रहेकाले मातृ मृत्युदर पनि कम छ ।” वडा कार्यालयले वडाभित्र रहेका गर्भवतीका घरमा हरियो झण्डा कार्यक्रमसमेत लागू गरेको छ । वडाभित्र रहेका सबै गर्भवतीको घरमा हरियो झण्डा फरफराइरहेको हुन्छ । गर्भवतीको पहिचान गर्न सहज होस् भन्ने उद्देश्य उक्त कार्यक्रम लागू गरेको हो । गर्भवती, सुत्केरीलाई लक्षित गरी वडाले विभिन्न कार्यक्रम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस