कोरोना भाइरसका कारण स्पेनमा २१ वषिय फुटबल प्रशिक्षकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरसका कारण स्पेनमा २१ वषिय फुटबल प्रशिक्षकको मृत्यु


४ चैत्र २०७६, मंगलबार


स्पेन । कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक जना युवा फुटबल प्रशिक्षकको निधन भएको छ । ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो ।

उनी मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ताको युवा टिमका प्रशिक्षक थिए । कोरोना भाइरसको संक्रमणको लक्षणसहित उनी अस्पताल गएपछि मात्रै उनमा क्यान्सर पनि रहेको थाहा भएको थियो।

उनलाई श्वासप्रश्वासमा समस्या भएको थियो । उनी अस्पताल गएपछि कोरोना भाइरस तथा निमोनियासँगै क्यान्सर पनि रहेको थाहा भएको थियो । उनको आइतबार अबेर निधन भएको हो।

मालागामा कोरोना भाइरसका कारण निधन उनी कम उमेरका व्यक्ति हुन् । मालागामा कोरोनाका कारण मृत्यु भएका अरू चार जना ७० वर्ष भन्दा माथिको उमेरका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस