चर्चले छर्केको नुन पानीबाट ४६ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चर्चले छर्केको नुन पानीबाट ४६ जनामा कोरोना संक्रमण


३ चैत्र २०७६, सोमबार


काठमाडौँ । दक्षिण कोरियाको एउटा चर्चले सङ्क्रमणबाट बच्न सकिन्छ भन्दै मानिसहरूलाई नुन पानी खुवाउँदा र छर्किँदा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।

एउटै बोटलबाट सबैलाई नुनपानी खुवाउँदा र छर्किँदा ४६ जनामा भाइरस फैलिएको खुलासा भएको छ।

राजधानी सोलको दक्षिणमा रहेको गुन्जी प्रान्तस्थित एक चर्चमा भएको सो घटनामाबोटल पालैपालो मानिसहरूको मुखमा छिराएर नुनपानी खुवाएका थिए।

मार्च १ देखि ८ सम्म करिब एक सय जना धर्मावलम्बीलाई उनीहरूले यसरी पानी छर्किएका थिए।

सङ्क्रमित हुनेमा पास्टर र उनकी पत्नी पनि छन्।

अहिले सरकारले चर्च बन्द गराएको छ र त्यहाँ जाने सबैको परीक्षण गरिएको छ।

सोमबार दक्षिण कोरियामा ७४ नयाँ सङ्क्रमित फेला परेका छन्। हालसम्म सङ्क्रमितको सङ्ख्या ८ हजार ३ सय ३६ पुगेको छ। एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस