ग्यास सहज नभए बल प्रयोग गर्ने उद्योगीलाई मन्त्री भट्टको चेतावनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ग्यास सहज नभए बल प्रयोग गर्ने उद्योगीलाई मन्त्री भट्टको चेतावनी


३ चैत्र २०७६, सोमबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले ग्यास बिक्री वितरणलाई सहज नबनाए बल प्रयोग गर्ने चेतावनी दिएका छन् ।

केही दिनदेखि बजारमा उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास नपाएपछि सोमबार ग्यास उद्योगीलाई मन्त्रालयमा बोलाएर यस्तो चेतावनी दिएका हुन् ।

मन्त्री भट्टले ग्यास उद्योगीले सहयोग नगरे प्रहरी तथा सेनासमेत परिचालन गर्न सक्ने चेतावनी ग्यास उद्योगीलाई दिएका छन् ।

संकटको बेला सरकारलाई असहयोग गरे हस्तक्षेप गर्ने भन्दै मन्त्री भट्टले ग्यासमा तत्काल सहजता नआए उद्योग, डिलर र सब–डिलरको लाइसेन्स खारेज गर्ने प्रक्रिया समेत अगाडि बढाउनेसमेत बताएका छन् ।

मन्त्रालयमा आयोजित छलफलका क्रममा ग्यास उद्योगीले कारबाही गर्ने वातावरण बन्न नदिने प्रतिबद्धता व्यक्त गर्दै एक सातामा ग्यास आपूर्ती सहज हुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस