प्रहरीले बरामद गरेको १० लाख मास्क साझा औषधि पसलबाट सुपथ मूल्यमा किन्न पाइने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रहरीले बरामद गरेको १० लाख मास्क साझा औषधि पसलबाट सुपथ मूल्यमा किन्न पाइने


प्रशासन विशेष ब्युरो

३ चैत्र २०७६, सोमबार


काठमाडौँ । प्रहरीले बरामद गरेका १० लाख बढी मास्कहरू सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी भएको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै बढ्दो मास्कको मागलाई मध्यनजर गरी बरामद मास्क बेच्न लागिएको हो । ४–५ रुपैयाँमा पाइने मास्कलाई ५०–१०० रुपैयाँसम्म लिन थालेपछि प्रहरीले सर्च अपरेसन चलाएर दशौँ लाख मास्कहरू बरामद ग रेको छ ।

बजारमा मास्कको अभाव भइरहँदा लाखौँ मास्क कानुनी अड्चनका कारण प्रशासनमा थन्किए बरामद मास्कको डिजिटल दसी ९भिडियो, अडियो र फोटो० प्रमाणका रूपमा राखेर बजारमा कुनै एउटा विश्वासिलो संस्थामार्फत बिक्री वितरणका लागि पठाउने तयारी बारे छलफल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस