अस्ट्रेलियाका तीन राज्यमा आपत्‌काल घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अस्ट्रेलियाका तीन राज्यमा आपत्‌काल घोषणा


३ चैत्र २०७६, सोमबार


सिड्नी । कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोक्न अस्ट्रेलियाका तीन राज्यमा आपत्‌काल घोषणा गरिएको छ । सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै भिक्टोरिया, अस्ट्रेलियन क्यापिटल टेरिटोरी(एसीटी) र दक्षिण अस्ट्रेलियन सरकारले जनस्वास्थ्यका लागि संकटकाल घोषणा गरेको हो ।

केन्द्रीय सरकारले अस्ट्रेलिया आउने जो कोहीले अनिवार्य १४ दिनसम्म ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने नियम लगाएको भोलिपल्ट भिक्टोरिया, अस्ट्रेलियन क्यापिटल टेरिटोरी ९एसीटी० र दक्षिण अस्ट्रेलियन सरकारले यो घोषणा गरेका हुन् ।

३ सय ३४ जना संक्रमित बनिसकेको अस्ट्रेलियामा कोरोना भाइरसको सङ्क्रमण हरेक दिन बढ्ने क्रममा छ । अहिलेसम्म ५ को मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस