कोटेश्वर-कलंकी सडक खण्डमा लेन प्रयोगको नयाँ नियम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोटेश्वर-कलंकी सडक खण्डमा लेन प्रयोगको नयाँ नियम


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । कोटेश्वर-कलंकी ८ लेनको सडक खण्डमा लेन प्रयोगको नयाँ नियम लागू भएको छ ।

आइतबारदेखि यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने द्रुत लेनबाट मात्र चलाउने नयाँ व्यवस्था लागू गरिएको हो ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम प्रसाद ढकालले कोटेश्वरमा एक कार्यक्रम बिच संयुक्त रूपमा रिवन काटेर उक्त व्यवस्थाको सुरुवात गरेका छन् ।

सडक लेनलाई अनुशासित एवं व्यवस्थित रूपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउनका साथै सडक दुर्घटना कम गराउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

८ लेनको सडकमा मासिक ८० को हाराहारीमा सडक दुर्घटना बढेपछि ट्राफिक महाशाखाले लेन अनुशासनलाई कडाइका साथ लागू गर्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस