काठमाडौँ । नेपाल प्रहरीको उपत्यकाका घुमुवा टोली परिवर्तन गरिएका छन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले उपत्यकाका १८ वटा महानगरीय प्रहरी वृत्त र प्रभागहरुबाट परिचालित घुमुवा टोली परिवर्तन गरेको हो ।
सूचना संकलनका लागि सादा पोशाकमा घुमुवा प्रहरी खटाइने भए पनि ‘हप्ता असुली’मा सक्रिय रहँदै आएको व्यापक गुनासोपछि उनीहरूलाई परिवर्तन गरिएको प्रहरी अधिकारीले जनाएका छन् ।
लामो समय एक ठाउँमा बस्दा प्रलोभनमा पर्न सक्ने पनि सम्भावना हुने भएकोले व्यावसायिक र इमानदार टोली खटाउन मातहतको अधिकृतहरूलाई निर्देशन दिइएको छ ।
उपत्यकामा १७ जना अधिकृत र ५७ जना हवलदार तथा जवान गरी करिब ७४ जना घुमुवा खटिँदै आएका छन् ।