कोरोना भाइरस : अमेरिकामा अनिश्चितकालीन सङ्कटकाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरस : अमेरिकामा अनिश्चितकालीन सङ्कटकाल


१ चैत्र २०७६, शनिबार


काठमाडौँ । अमेरिकाले अनिश्चितकालीन सङ्कटकाल घोषणा गरेको छ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि सङ्कटकाल घोषणा गरिएको जानकारी दिएका हुन्।

‘अब हाम्रा लागि निकै महत्त्वपूर्ण छ। कारोना भाइरस फैलिनबाट रोक्नका लागि हामी पुरै कोसिस गर्ने छौँ’ पत्रकार सम्मेलनमा ट्रम्पले भने ‘यो अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नेछौँ।’

ट्रम्पले आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्व डलरको राहत प्याकेज घोषणा गरेका थिए। ‘यो आर्थिक सङ्कट होइन, यो सङ्कट क्षणिक हो र यसलाई सबै मिलेर परास्त गर्न सकिन्छ’ ट्रम्पले भनेका थिए।

त्यस्तै सङ्क्रमण रोक्ने प्रयास स्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाएका छन्। ट्रम्पले टेलिभिजन सम्बोधनमार्फत उनले उक्त घोषणा गरेका हुन्। बेलायतलाई भने यो नियम लागू हुने छैन।

Tags :
प्रतिक्रिया दिनुहोस