२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पकेट क्षेत्रमै रोगले केरा नष्ट, किसान चिन्तित

अ+ अ-

बैतडी । केरा पकेट क्षेत्रमै रोगले केरा नष्ट हुँदा बैतडीका किसान चिन्तित बनेका छन् । रोगले केराका बोट सुक्न थालेपछि केराबाट जीविकोपार्जन गरिरहेका जिल्लाको दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न स्थानका किसान मारमा परेका छन् । दोगडाकेदार गाउँपालिकाको सौगाउ, धारिगाड, बिन्सेरी, ढुङ्गेपानी बजगाउँ, खम्तोला, भन्डारीगाड, पिपलकोट, खेती गाउँ, कपिन्ना, खिरेगाउँलगायतका क्षेत्रमा केरामा रोग देखिएपछि किसान समस्यामा परेका हुन् ।

केराबाटै वार्षिक ५० हजार बढी आम्दानी हुने भए पनि पछिल्लो दुई वर्षयता केराका बोट सुक्दै गएपछि समस्या भएको किसान धनीदत्त भट्टले बताए । घरखर्च चलाउन केराखेतीबाटै भइरहेको भए पनि पछिल्लो समयमा केराको बोट सुक्ने, केराका पात पहेँलो हुनेलगायतका रोगले केराखेती नष्ट भएको भट्टको दुखेसो छ ।

केराखेतीका लागि पकेट क्षेत्र मानिएका यी गाउँमा केराका बोट सुक्दै गएका किसानले बताएका छन् । केराको बारी सबै नष्ट हुँदै गएको किसान रामदत्त भट्टले बताए । केराको बोट पहेँलो हुने, केरामा फल लाग्ने बित्तिकै बोट सुक्नेलगायतका रोगका कारण केराखेती नष्ट भएको उनले बताए । केरामा लागेको रोग अहिलेसम्म पत्ता लाग्न नसकेको स्थानीय घनश्याम भट्टले जानकारी दिए ।

यस्तै दशरथचन्द नगरपालिका–६ गाँजरी, फर्तोला, गरुडी, तितरा गाउँलगायतका क्षेत्रमा पनि केराखेती नष्ट भएको किसानले बताएका छन् । बोट सुक्ने रोगकै कारण केराखेती नष्ट भएका कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । उनले भने, ‘एकै जातको केरा धेरै वर्ष भएपछि केरामा रोग लागेको हुनसक्छ ।’ किसानले केराको नयाँ जात रोप्न नसक्दा समस्या भएको उनको भनाइ छ । रोगले केरा नष्ट भएको ठाउँमा नयाँ जातको केरा लगाउन कृषि प्राविधिकले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस