कोरोना त्रास : सरकारले भारततर्फ सीमा नाका सीमित बनाउने ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना त्रास : सरकारले भारततर्फ सीमा नाका सीमित बनाउने !


२९ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । सरकारले भारततर्फ आवत जावतका लागि नाका सीमित गर्ने र चेक जाँच कडा बनाउने निर्णय गरेको छ ।

यसका लागि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले भारत सरकारसँग समन्वय गर्नेछ ।

बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस(कोभिड १९) सङ्क्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाइने अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए । ‘सम्भव भएसम्म घना बस्ती भन्दा पर व्यवस्था गर्ने गरी काम गर्ने भनेका छौँ’ उनले भने, ‘आवश्यक परे सैनिक सुरक्षाकर्मीले थप व्यवस्था गर्ने र तत्काल संरचना बनाउन सक्ने गरी जान्छौँ ।

स्वास्थ्य जनशक्तिका लागि मेडिकल कलेजका साथै रेडक्रस, स्काउट लगायतका सङ्घ संस्थाबाट पनि स्वयंसेवक खटाउन सक्ने गरी तयारी गर्ने निर्णय भएको छ । ‘अहिले नै टेकअफको स्टेजमा होइन, तर पूर्व तयारी हो’ उनले भने ।

विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ)ले कोरोना भाइरस(कोभिड १९) लाई महामारीको घोषणा गरेसँगै बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस