बन कार्यालयकी उपसचिव दुई लाख घुससहित पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बन कार्यालयकी उपसचिव दुई लाख घुससहित पक्राउ


२९ फाल्गुन २०७६, बिहिबार


अख्तियार

दोलखा । डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घुससहित पक्राउ परेकी छन्।

दोलखाबाट काठमाडौँ जाँदै गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठलाई दुई २ लाखसहित भक्तपुर गठ्ठाघरबाट बिहीबार साँझ पक्राउ गरेको हो।

अख्तियारको टोलीले दुई लाख ३ हजार नगदसहित श्रेष्ठसँगै तीन जनालाई नियन्त्रणमा लिएको छ । आयोग स्रोतका अनुशार उनीसँगै पक्राउ पर्नेमा कार्यालय सहयोगी र चालक रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस