ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मानेभन्ज्याङ गाउँपालिका–४ केतुकेमा बिहीबार बिहान जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
वीरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश ३–०१२२ च ३१८३ नम्बरको जिप सडकदेखि १ सय ५० मिटर तल खसेको हो। सख्त घाइते हुनेमा जिप चालक पर्सा जिल्लाका अनिलकुमार सहनी र सुगन्भीदेवी मुखिया छन्।
घाइते दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेत र अस्थायी प्रहरी पोष्ट केतुकेका हवल्दार दिलबहादुर खड्काको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल पठाएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन।