२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुतिरहेका बेला श्रीमानमाथि तेजाब प्रहार, श्रीमती पक्राउ

अ+ अ-

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीमा एक जना व्यक्तिमाथि तेजाब प्रहार भएको छ । नुवाकोट घर भइ तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि तेजाब प्रहार भएको हो।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले घाइते रामराजा थापाका श्रीमती प्रतिमालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी रञ्जितसिंह राठौरका अनुसार गएराति घरमा सुतिरहेका बेला थापामाथि तेजाब प्रहार भएको देखिएको छ ।

झ्याल ढोका बन्द भएकाले घरभित्रैबाट आक्रमण भएको आशंका गरिएको उनले बताए । ‘बाहिरबाट हानेको भए अन्यत्र पनि तेजाब लाग्नु पर्थ्यो’, राठौरले भने ।

घरमा उनकी श्रीमती प्रतिमा र ३ महिनाका बच्चा मात्र थिए । कोठामा बियरको बोतलमा तेजाब राखिएको पाइएको प्रहरीले जनाएको छ । थापाले पनि प्रतिमाले तेजाब हानेको बताएका छन् ।

उनको मुख र हातमा तेजाब लागेको छ । अहिले उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । श्रीमान–श्रीमती सधैजसो झै-झगडा गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन्।

थापाको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ। डिएसपी राठोरका अनुसार हात र अनुहार तेजाबले जलेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस