खाद्य कम्पनीको उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दो, घुम्ती सेवामा लाइन लागेर किन्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खाद्य कम्पनीको उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दो, घुम्ती सेवामा लाइन लागेर किन्दै


२६ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुरु गरेको घुम्ती सेवातर्फ उपभोक्ताहरूको आकर्षण बढेको छ ।

आम उपभोक्तालाई सर्वसुलभ मूल्यमा टोल टोलमा सेवा दिन सुरु गरेसँगै खाद्यान्नलगायत वस्तुहरू किन्न उपभोक्ताहरूको घुईचो लागेको हो ।

केही दिन अघि मात्रै काठमाडौँको मैतीदेवीमा पुगेको घुम्ती सेवामा दाल, चामललगायत अत्यावश्यक उपभोग्य वस्तुहरू किन्ने उपभोक्ताहरूको लाइन लागेको देखिएको छ ।

दैनिक १० हजारदेखि एक लाखसम्मको व्यापार गर्न थालेको कम्पनीले गत पुस १६ गतेदेखि घुम्ती सेवा सञ्चालन गरेको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस