काठमाडौँ । परीक्षामा राम्रो अङ्क ल्याउन नसकेको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।
कम अङ्क ल्याउने ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएको बाहिर आएसँगै जडीबुटीस्थित जागृति एकेडेमीमा पढ्ने ६ र ७ कक्षाका विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क ल्याउन नसकेको भन्दै हात चिर्न लगाउने कर्माचार्यलाई पक्राउ गरिएको हो ।
कर्माचार्यले विद्यार्थीको हात चिर्न लगाएको समाचार सार्वजनिक भएपछि उनलाई विद्यालयले निष्कासन गरेको जनाएको छ ।
भक्तपुर घर भएकी उनी विगत १० वर्षदेखिसो स्कुलमा सामाजिक विषय पढाउँदै आएकी थिइन् ।