प्रदेश सरकारद्वारा संघीय सरकारसँग १ अर्व ३४ करोड रुपैयाँ माग गर्ने निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश सरकारद्वारा संघीय सरकारसँग १ अर्व ३४ करोड रुपैयाँ माग गर्ने निर्णय


२४ फाल्गुन २०७६, शनिबार


 

काठमाडौँ । गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग १ अर्व ३४ करोड रुपैयाँ माग गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सरुवा रोग उपचार गर्ने विशिष्टीकृत अस्पताल स्थापनाका लागि सो रकम माग गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको भय फैलिएसँगै गण्डकी सरकार सरुवा रोग उपचार अस्पताल खोल्ने निर्णय गरेको हो । सोका लागि प्रदेश स्वास्थ्य निर्देशानालयले अस्पतालको खाकासमेत तयार पारिसकेको छ ।

प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण र त्यसको उपचारका लागि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको संयोजकत्वमा २६ सदस्यीय उच्चस्तरीय निर्देशन समितिसमेत गठन गरेको छ ।

प्रमुख सचिवको संयोजकत्वमा १७ सदस्यीय समन्वय समिति गठन गरेको जानकारी प्रवक्ता बस्नेतले दिए । धेरै मानिसको जमघट हुने कार्यक्रम नगर्न पनि प्रदेश सरकारले सर्वसाधारणलाई आह्वान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस