१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव ह्याभियरको १०० वर्षको उमेरमा निधन

अ+ अ-

लिमा । संयुक्त राष्ट्र संघका पूर्वमहासचिव तथा पेरुका पूर्वप्रधानमन्त्री ह्याभियर पेरेज डी कुइलरको १०० वर्षको उमेरमा बुधबार निधन भएको छ ।

इराक–इरान युद्ध र एल साल्भाडोरको गृहयुद्धका बेला संयुक्त राष्ट्र संघको नेतृत्व सम्हालेका ह्याभियरको बुधबार पेरुमै मृत्यु भएको हो ।

उनी सन् १९२० को जनवरी १९ मा पेरुको लिमामा जन्मिएका थिए । उनले २० वर्षको उमेरमा नै पेरुको विदेश मन्त्रालयबाट कूटनैतिक करियर सुरु गरेका थिए । उनी बेलायत, बोलिभिया, स्विजरल्यान्ड, तत्कालीन सोभियत युनियन, पोल्यान्ड र भेनेजुएलाका लागि समेत राजदूत बनेका थिए ।

उनी संयुक्त राष्ट्र संघका पाँचौ महासचिव हुन् । सन् १९८१ मा पहिलो पटक संयुक्त राष्ट्र संघको महासचिव बनेका ह्याभियर सन् १९८६ मा पुनः महासचिवमा निर्वाचित भएका थिए । आफ्नो दुई कार्यकालका अवसरमा उनले थुप्रै शान्ति सम्झौता र शान्ति स्थापनाका प्रयासहरु गरेका थिए ।

फकल्यान्डको युद्धपछि उनले बेलायत र अर्जेन्टिनाबीच शान्तिवार्ताको मध्यस्थताको नेतृत्व गरेका थिए । त्यस्तै नामिबियाको स्वतन्त्रतताका लागि पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । सन् १९८८ मा भएको इराक–इरानबीचको युद्धविराममा पनि उनको महत्वपूर्ण योगदान रहेको थियो । सन् १९८८ मा उनकै कार्यकालमा मोजाम्बिक र अंगोलामा खटिएका राष्ट्रसंघीय शान्तिसेनालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

सन् २००५ मा हृदयघातका कारण अस्पताल भर्ना भएका उनी निकै लामो समय सक्रिय रहन सकेनन् । सन् २०००को नोभेम्बर २२ देखि सन् २००१ को जुलाई २८ सम्म उनले पेरुको प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस