६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको मर्मविपरित आएका विधेयक मान्दैनौं : सभापति देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली काँग्रेसलाई मान्य नहुने बताएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि हस्तक्षेप गरेको बताएका हुन्। “बहुमतको आधारमा सरकारले मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजेको छ, यसको विरुद्धमा काँग्रेस एकजुट हुन जरुरी छ”, उनले भने। संसद्मा प्रतिपक्षको भूमिका बलियो हुँदै गएको उनको भनाइ थियो ।

सभापति देउवाले पार्टीभित्रको झगडाका कारण काँग्रेस कमजोर हुँदै गएको बताउँदै पार्टीलाई बलियो बनाउन पार्टी एकजुट हुनुपर्ने उल्लेख गरे । उनले चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय मुलुकमा प्रजातन्त्रमाथि चुनौती थपिँदै गएको बताए । “सरकारले सबै शक्तिहरुलाई केन्द्रीकरण गर्दै गइरहेको छ, यसलाई रोक्न काँग्रेसले सङ्घर्ष गर्नुपर्ने बेला आएको छ”, उनले भने ।
वरिष्ठ नेता पौडेलले श्रमिकको पार्टी नेपाली काँग्रेसलाई बनाए मात्र पार्टी बलियो हुने बताए । पार्टीको आगामी महाधिवेशन समयमा सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले संविधान कम्युनिष्टका नेताको हितका लागि मात्र नभई राष्ट्रको हितका लागि ल्याएका बताउँदै संविधानको दुरुपयोग नगर्न सत्तापक्षलाई आग्रह गरे। कानून बनाएर श्रमिकको हक अधिकारलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार र राजनीति दल मजदूरको आडमा सत्तामा पुग्ने र सत्तामा पुगेपछि मजदूर विर्सने गरेको बताए । युनियनका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्की, अजयकुमार राईले काँग्रेसको नेतृत्वमा मजदूर आन्दोलन भए पनि पछिल्लो समय पार्टीले मजदूरलाई वेवास्था गर्दै गएको बताए ।

विसं २००३ फागुन २१ मा नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलमा श्रमिकको हकअधिकारका लागि आन्दोलन भएको थियो । सोही आन्दोलनलाई नेपाल ट्रेड युनियन काँग्रेसले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस