३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रिकेट–नेपालको पहिलो जीत

अ+ अ-

काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।

बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यस जीतसँगै नेपालले टि ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो जीत हासिल गरेको हो । यसअघि गत जुलाईमा सिङ्गापुरमा भएको आइसिसी टि ट्वान्टी एशिया रिजन छनोटमा कुवेतले प्रस्तुत गरेको १४२ रनको लक्ष्य नेपालले १५ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ दशमलव ३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जीतमा शुरुआती ब्याट्सम्यान कुशल मल्लले अविजित रहँदै ३६ रनको योगदान दिए । त्यसैगरी पवन सर्राफले अविजित २७ रन बनाउँदा पारस खड्काले ९ रन जोड्दै बाहिरिए ।

बलिङतर्फ थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिए । त्यसअघि टस पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटिएको थियो ।

थाइल्याण्डका लागि हेन्नो जोर्डन र फिरियापोङ सुआनचुईले समान १३/१३ रन जोडे भने नाभिद पठानले ८ तथा जिउल हकले ५ रन बनाए । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले ३ विकेट लिनुभयो भने अविनाश बोहराले २ विकेट तथा भुवन कार्की र सन्दीप लामिछानेले १÷१ विकेट लिए ।

जीतसँगै नेपालले ३ खेलमा २ अङ्क जोडेको छ भने शीर्ष दुईमा रहँदै एशिया कप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ तर नेपालको एशिया कप छनोट हुने सम्भावना भने अन्य टोलीको खेलमा भर पर्नु पर्नेछ ।

आजै हुने अर्को हङकङ र सिङ्गापुरविरुद्धको खेलमा हङकङले सिङ्गापुरलाई हराएको खण्डमा नेपालको एशिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ तर सिङ्गापुरले खेल जितेमा नेपालको एशिया कप छनोट खेल्ने सम्भावना समाप्त हुनेछ ।

यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको थियो । यता थाइल्याण्डको भने यो लगातार चौथो हार हो । नेपालले अब आफ्नो अन्तिम खेल शुक्रबार सिङ्गापुरसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस