२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरपालिका भित्रकै महिला महिनावारीका बेला गाईवस्तुसँगै बस्दै

अ+ अ-

डोटी । डोटी जिल्ला सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिका भित्रका महिलाहरु महिनावारी भएको समयमा गाईस्तुसँगै बस्ने गरेको एक अध्ययनले देखाएको छ ।

दिपायल सिलगढी नगरपालिकाको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम र महिला अधिकार मञ्च डोटीले गरेको छाउपडि गोठहरुको तथ्याङ्क संकलन र अवस्था अध्ययनले सो कुरा देखाएको हो ।

प्राप्त प्रतिवेदनको तथ्याङ्क अनुसार नगरपालिका भित्र १ सय ७६ छाउगोठहरु रहेको अध्ययनले देखाएको छ । जसमध्ये १ सय १५ छुट्टै छाउगोठमा रहेका छन् भने ६१ परिवारका महिलाहरु महिनावारी भएका बेला गाईवस्तुसँगै गोठमा बस्ने गरेका छन् ।

तथ्याङ्क अनुसार वडा नं. १ मा सबैभन्दा बढी ५७ छाउगोठहरु रहेका छन् । उक्त वडामा २६ छुट्टै छाउगोठ र ३१ गाईवस्तुसँगै बस्ने गरेका छन् । यस्तै वडा नं. ३ मा ९ , ५ मा १४, ७ मा १८, ८ मा ५४ र ९ मा २४ छाउगोठहरु रहेका छन् । अध्ययन प्रतिवेदन अनुसार एक सय ७६ मध्ये १४ गोठहरुमा मात्रै झ्याल रहेका छन् ।

यस्तै ३७ छाउगोठमा मात्रै बत्ति रहेको अध्ययनले देखाएको छ । एक सय ७६ मध्ये एक सय ४२ परिवारका महिलाहरु महिनावारी भएका बेला गोठमा चिसो भूईमा सुत्ने गरेको र १ सय सात परिवारका महिलाहरुसँग न्यानो कपडा समेत नरहेको देखाएको छ ।

८६ प्रतिशत महिलाहरुले छाउगोठमा बस्दा आफू असुरक्षित महसुस भएको प्रतिवेदनमा उल्लेख छ ।

महिनावारी भएका बेला ७१ प्रतिशत महिलाहरुले महिनावारी हुँदा सामान्य अवस्थाको धारा छुन पाउँदैनन् । १ सय ७६ मध्ये तीन परिवारले मात्रै महिलाहरुलाई महिनावारी भएका बेला दही दुध खान दिने गरेको प्रतिवेदनले देखाएको छ ।

स्थानीय नगरबासी राजकुमार मलासीले महिनावारी भएका महिलाले छुँदा कुनै पनि धामी÷झाँक्री र पुजारीको मृत्यु नभएको दावी गरे । उनले भने ‘न त छोईएको धामीको मृत्यु भएको छ, न धामीलाई छोएको कारण कुनै महिलाको मृत्यु भएको छ, त्यसैले यो रुढीगत मान्यता मात्रै हो ।’ उनले आफू तेडी देउताको धामी भएको र पेशाले शिक्षक पनि भएको बताउँदै भने ‘मैले पढाउने कक्षाहरुमा महिनावारी हुने उमेरका किशोरीहरु पनि छन् तर मलाई त कहिल्लै केही भएन ।’

उनले छाउगोठ भत्काउनु भन्दा पनि रुढीगत चेतना भत्काउनु आवश्यक भएको बताए । उनले भने ‘जिल्ला सदरमुकाम रहेको नगरपालिकाभित्रै महिलाहरु गाईवस्तुसँगै गोठमा बस्नु लाजमर्दो अवस्था हो, यसलाई भत्काउनु जरुरी छ ।’

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले स्थानीय प्रशासनसँग समन्वय गरि छाउगोठहरु भत्काउने अभियान सञ्चालन गरिने बताईन् । ‘एउटा खाका आएको छ, यसमा केही त्रुटी भएको कुरा पनि आएको छ’ मलासीले भनिन् ‘थप गोठहरु छन् भने पनि भत्काउने हो ।’ मलासीले छुट्टै छाउगोठहरुको भन्दा पनि गाईवस्तुसँगै गोठमा बस्ने परिवारहरुको समस्या रहेको बताईन् । उनले भनिन् ‘गोठ भत्काउने अभियानसँग चेतनामूलक अभियानहरु सञ्चालन गर्छौं, त्यति गर्दा पनि यदि मान्दैनन् भने कानूनी कारवाही थाल्छौं ।’

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले नगरपालिकाभित्र फेला परेका छाउगोठ नगरपालिकासँग समन्वय गरि भत्काउने अभियान थालिने बताए । जिल्लाका विभिन्न स्थानीयतहमा छाउगोठ भत्काउने र जनचेतनामुलक कार्यक्रम निरन्तर चलिरहेको समेत बताए ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा अहिलेसम्म तीन सय २४ छाउगोठ भत्काईएको जानकारी दिए । ‘अव बाँकी रहेका छाउगोठहरु भत्काउने अभियान सुरु गर्छौं’ पौडेलले भने ‘अव अटेरी गर्नेलाई कानून बमोजिम कारबाही हुन्छ ।’ छाउगोठसँगै चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस