२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानी

अ+ अ-

बनेपा । पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब रु २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने पर्यटकबाट उठाउने शुल्कले सो आम्दानी भएको हो । ‘चुच्चेढुङ्गा’ मा चढ्न रु १० शुल्क लाग्ने गर्दछ । धुलिखेलको सबैभन्दा अग्लो स्थानमा रहेको सो डाँडा व्यक्तिको निजी जग्गा रहेका कारण व्यावसायिकरूपमा टिकटको व्यवस्था गरिएको हो । त्यहाँबाट हिमालका दृश्यावलोकन गर्नुका साथै वरिपरिका विभिन्न मनोरमस्थल हेर्न पाइने भएकाले मनोरञ्जनका साथै आनन्द लिनका लागि पु्ग्ने आन्तरिक तथा बाह्य पर्यटकले चुच्चेढुङ्गा चढेवापत सो शुल्क तिर्नुपर्छ ।

पहिला खुलारूपमा घुम्न र सो ढुङ्गामा चढ्न पाएको भए पनि पछिल्लो समयमा जग्गाधनीले ढुङ्गा भएको वरिपरि तारबार गरेर टिकटको व्यवस्था गरेपछि कमै मान्छेले मात्रै सो ढुङ्गा चढ्ने गरेका छन् । सबैको रोजाइ चुच्चेढुङ्गा चढ्ने नभए पनि विशेषगरी बालबालिका र युवायुवती जोडीको पहिलो रोजाइ चुच्चेढुङ्गा चढ्नु र तस्वीर खिच्नु रहेको पाइन्छ ।

त्यसरी चढ्न जानेहरुले काटेको टिकटबाट मात्रै दैनिक रु ८०० भन्दा बढी रकम सङ्कलन हुने गरेको व्यावसायिक प्रजिता श्रेष्ठले जानकारी दिए । ‘दैनिक रु ८०० को हाराहारीमा रकम जम्मा हुन्छ’, उनले भने, ‘शनिबार र बिदाको दिन मान्छेको आगमन बढी नै हुन्छ ।’

पहिले खुला रहेको डाँडामा पर्यटकको आगमन बढ्न थालेपछि सो ठाउँ अहिले होटल र रिसोर्टका साथै साना खुत्रुके पसलले भरिन थालेका छन् । जहाँ एकपछि अर्को गर्दै व्यवसायीले होटल र साना पसल राख्न थालेपछि खुलारूपमा घुम्न पाउने अवस्था अन्त्य भएको छ । व्यवसाय आफ्नो–आफ्नो जग्गामा घेराबार लगाएर वनभोजस्थल र उद्यान बनाउन थालेका छन् ।

घुम्न आउनेले गरेको विभिन्न प्रकारका फोहर व्यवसायी मिलेर नै सङ्कलन गरी व्यवस्थापन गर्ने गरेको व्यवसायी श्रेष्ठले बताए । ‘हामीले जम्मा पारेको फोहरलाई नगरपालिकाले हप्ताको दुईपटक उठाउँछ’, उनले भने, ‘हामीले यहाँ फोहर टिप्नका लागि दुई जनालाई मासिक रु नौ हजारका दरले दिने गरी मान्छे राखेका छौँ ।’

सो ठाउँमा पुगेका कतिपयले भने अनावश्यकरूपमा रकम मात्रै सङ्कलन गरेर दुःख दिने काम गरेको प्रतिक्रिया दिएका छन् । काठमाडौँबाट घुम्नलाई देवीस्थानडाँडा पुगेका विपीन श्रेष्ठले भने, ‘पैसा तिरेवापत हामीले के नै पाउँछौं र ?’ पहिला आउँदा यसरी पैसा तिर्नुपर्ने थिएन, अहिले आउँदा पैसा तिरेर आउनुपर्‍यो, अझ ढुङ्गा चढ्नका लागि छुट्टै तिर्नुपर्ने रहेछ’, उनले भने, ‘यसले यहाँ आउने पर्यटकका लागि राम्रो सन्देश दिँदैन ।’

तेमाल गाउँपालिका–६ ठुलोपर्सेलका सुनिल तामाङले पैसा तिरेअनुसारको कुनै सुविधा नभएकाले पैसा तिरेर धुलिखेलडाँडा घुम्न जानुको कुनै औचित्य नरहेको बताए । ‘पैसा तिरेपछि त त्यहीअनुसारको सुविधा हुनुपर्‍यो नि, केही सुविधा छैन, पैसा मात्रै कमाउने काम गरेका रहेछन् व्यवसायीले, हामीले तिरेको पैसाले खै त यहाँको संरचनामा परिवर्तन आएको ?’, उनले भने ।

धुलिखेल–८ पिपलबोटबाट शुरु भएको हजार सिँढी चढेर माथि पुगेपछि आउने देवीस्थानडाँडा सबैको रोजाइको स्थल भए पनि पछिल्लो समयमा टिकट काटेर पैसा लिने तर व्यवस्थापन राम्रो नभएको गुनासो गरेका छन् ।

यसअघि हजार सिँढी शुरु हुने ठाउँमा गौखुरेश्वर सामुदायिक वन उपभोक्ता समिति र नगरपालिकाले संयुक्तरूपमा हजार सिँढी तथा देवीस्थान उद्यान प्रवेश शुल्कको नाममा टिकट काट्ने व्यवस्था गरिएको थियो । पछिल्लो समयमा नगरपालिकाले वार्षिक रु १८ लाखमा ठेक्कामा केएल विल्डर्सलाई जिम्मा दिएको छ । हजार सिँढी र देवीस्थान उद्यान प्रवेश शुल्क भनेर प्रतिव्यक्ति रु २०, विद्यार्थीलाई रु १०, विदेशी नागरिकलाई रु १०० र सार्क राष्ट्रका नागरिकलाई रु ५० लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस