४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटीस्क्यान मर्मत गर्न बल्ल बोलपत्र : उपकरण थप्दै भरतपुर अस्पताल

अ+ अ-

चितवन । भरतपुर अस्पतालको सेवालाई थप चुस्त बनाउन रु आठ करोड हाराहारीको उपकरण खरिद एवं मर्मतसम्हार कार्य अघि बढाइएको छ । स्वास्थ्य मन्त्रालयले सङ्घीय अस्पताललाई उपलब्ध गराएको बजेटबाट उपकरण खरिद एवं बिग्रिएका उपकरणको मर्मत गर्न लागिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

उनी अनुसार दुई वटा भिडियो एक्सरे, सघन उपचार कक्षमा प्रयोग हुने सिरिञ्ज पम्प, माइक्रोडेवराइडर सेट, मनिटर, मुटुको भिडियो एक्सरे गर्ने उपकरण, शल्यक्रियामा प्रयोग हुने अपरेटिङ माइक्रोस्कोप, दुई थान एक्सरे मेशिन खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ ।

हाल अस्पतालमा एक थान मात्रै एक्सरे मेशिन चालु अवस्थामा छ । दैनिक १०० भन्दा बढीको एक्सरे गर्नुपर्ने हुन्छ । सिटीस्क्यान मर्मतका लागि आवश्यक उपकरणको बोलपत्र आह्वान भइसकेको जनाइएको छ । बजेटको अभावमा सिटी स्क्यानमा समस्या आएको भए पनि मर्मत हुन सकेको थिएन ।

यस्तै दाँत सफा गर्ने र मिलाउने डेन्टल स्पालर, कानको श्रवणशक्ति नाप्ने ट्याम्पानो मिटर, फोहर व्यवस्थापनमा प्रयोग हुने अटोक्लेप, प्रयोगशालामा प्रयोग हुने अटोक्लेप, इण्डोस्कोपी, ल्याप्रोस्कोपीलगायतका उपकरणसमेत अस्पतालले खरिद गर्न लागेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार मन्त्रालयले उपलब्ध गराएको रकममध्येबाट ती उपकरण खरिद गर्न लागिएको हो । न्यून स्रोतसाधन र जनशक्ति भएर पनि अस्पतालले ठूलो सङ्ख्यामा बिरामीको उपचार गर्दै आएको छ । अस्पतालमा हाल ६०० श्यया सञ्चालनमा छन् । ती श्ययाअनुसारको जनशक्ति र आवश्यक भौतिक पूर्वाधारको माग गरिएको उनले बताए ।

राजधानीको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति भरतपुर अस्पतालमा हुने गर्दछ । विगतका वर्षहरुको तथ्याङ्कलाई हेर्दा हरेक वर्ष १५ हजार हाराहारीले प्रसूति सेवा लिने गरेका छन् । गत वर्ष भरतपुर अस्पतालमा दुई लाख ७३ हजार ४२८ ले बहिरङ्गमार्फत सेवा लिएका थिए । अस्पतालमा १४ विभागमार्फत सेवा उपलब्ध गराइँदै आएको छ । जिल्ला र आसपासका जिल्लाका सर्वसाधारणको उपचारको पहिलो रोजाई भरतपुर अस्पताल हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस