२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो छ : उपराष्ट्रपति पुन

अ+ अ-

थवाङ  । उपराष्ट्रपति नन्दबहादुर पुनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताएका छन् । रोल्पाको थवाङ गाउँपालिका–१ स्थित झकेवाङमा अवस्थित श्री वीर बलभद्र नमूना माध्यामिक विद्यालयको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको शैक्षिकस्तर गौरवको अनुभूति गर्ने खालको हुनुपर्ने बताए ।

“सामुदायिक विद्यालयको शैक्षिकस्तर यस्तो होस् की जहाँ पढ्दा हाम्रा नानी बाबुले गौरवको अनुभूति गरुन्, अभिभावकले सामुदायिक विद्यालयमा नानी बाबु पढाउन पाएकोमा गौरव गरुन्’, उपराष्ट्रपतिले भने, ‘सरकार, स्थानीय जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक, अभिभावक सबैले आ–आफ्नो क्षेत्रमा इमान्दारितापूर्वक काम गर्ने हो भने यो कुनै गाह्रो हो जस्तो मलाई लाग्दैन । म यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सबैको साझा प्रयासबाट सामुदायिक विद्यालयलाई नमूना बनाउन सकिने उनको भनाइ थियो । उपराष्ट्रपतिले शिक्षाको पहुँचबाट वञ्चित बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने मात्र नभई उनीहरुलाई आजको समाज, विश्व सुहाउँदो प्रतिस्पर्धी गुणस्तरीय शिक्षा वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार पार्नेतर्फ केन्द्रित हुनपर्नेमा जोड दिए ।

‘उच्च शिक्षालाई सहज गुणस्तरीय र प्रत्येक नागरिकको पहुँच योग्य बनाई निःशुल्क बनाउँदै लैजानुपर्छ’, उनले भने, ‘निजी शिक्षालाई समय क्रमअनुसार नियमन गर्नुपर्छ ।’ संविधानले मौलिक हकका रुपमा परिभाषित गरेको शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु ज्यादै दुःखद् भएको उनको टिप्पणी थियो । उपराष्ट्रपतिले आफूले माध्यामिक तहसम्म अध्ययन गरेको विद्यालयको प्रगति देखेर अत्यन्त गौरवान्वित भएको बताए ।

प्रतिक्रिया दिनुहोस