२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिका लागि सूचना प्रविधिको विकास : प्रदेश प्रमुख शेरचन

अ+ अ-

पोखरा । गण्डकी प्रदेशप्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि सूचना प्रविधिको विकासमा जोड दिनुपर्ने बताएका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा उनले विश्व परिवेशमा बढ्दै गएको प्रविधिलाई आत्मसात गर्नुको विकल्प नभएको बताए ।

विज्ञान र प्रविधिले समाजका हरेक गतिविधिलाई सरल र सहजरूपमा अघि बढाएको उल्लेख गर्दै उनले समृद्धि र विकासलाई प्राथमिकतामा राखेको नेपालमा यसको आवश्यकता र औचित्य अझै बढेको धारणा राखे ।

समाजलाई नैतिकवान बनाउनु पनि वर्तमानको आवश्यकता भएको औँल्याउँदै उनले विज्ञान प्रविधिसँगै नैतिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । भौगोलिकरूपले विकट नेपालका बस्तीहरुलाई आधुनिक प्रविधिले जोड्नु अपरिहार्य भएको बताउँदै प्रदेश प्रमुख शेरचनले त्यसका लागि सम्बद्ध सबैको प्रयास आवश्यक हुने बताए ।

उत्पादन नभई आयात गर्ने प्रवृत्ति घातक बन्दै गएको उल्लेख गर्दै उनले समृद्धि र विकासका लागि स्वदेशी माटोमा उत्पादित कच्चा पदार्थमा आधारित उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । मुलुकमा सुशासन कायम गर्न प्रविधिमैत्री ऐन कानून र नीति आवश्यक रहेको बताउँदै प्रदेश प्रमुख शेरचनले अनुत्पादक शिक्षा नीतिका कारण मुलुकअघि बढ्न नसकेको बताए ।

क्यानका केन्द्रीय अध्यक्ष नवराज कुँवरले विश्व बजारमा उत्पादित नवीनतम प्रविधि सर्वसाधारणको पहुँचमा पुर्‍याउन मेलाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

सूचना र प्रविधिको माध्यमबाट शिक्षित बेरोजगारलाई लक्षित आइसिटी क्षेत्रमा रोजागरी फर्म भरि हेल्पडेक्स, ग्राफिक्स डिजाइन तथा हार्डवेयर एन्ड नेटवर्कसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरी रोजगारको व्यवस्था गर्ने मेलाको मुख्य उद्देश्य रहेको क्यान कास्कीका अध्यक्ष रुकमागत भण्डारी (विश्वास) ले जानकारी दिए ।

अत्याधुनिक प्रविधि प्रयोगबाट मात्र समृद्धि नेपाल निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि कृषि, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रमा सूचना र प्रविधिको विकास अपरिहार्य भएको बताए ।

गण्डकी प्रदेशस्तरीय ‘प्रभु–पे क्यान इन्फोटेक–२०२० इन एशोसिएशन विथ वल्र्डलिङ्क’ नाम दिइएको मेला बृहत् सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्फरेन्स, प्रदेश तथा जिल्लास्तरका टाइपिङ प्रतियोगिता, आइसिटी वक्तित्व प्रतियोगता, विद्यालयस्तरीय क्विज कन्टेस्ट, आइसिटी रोजगारी फर्म वितरण तथा प्रर्दशर्नी एवं प्रतियोगता तथा कम्प्युटर र ल्यापटपको निःशुल्क मर्मत सेवा प्रदान गरिने बताइएको छ ।

मेलामा स्थानीयस्तरमा उत्पादन एवं रोबर्ट प्रदर्शनी प्रतियोगता, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी र नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी तथा बिक्री वितरण गरिने भएको छ ।

पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा यही फागुन ११ देखि १५ गतेसम्म सञ्चालन हुने सो मेलामा आइसिटीसँग सम्बन्धित विभिन्न १०० वटा स्टल रहनुका साथै गण्डकी प्रदेशअन्तर्गत प्राविधिक क्याम्पसका विद्यार्थीले गरेका नवीनतम प्रविधिको प्रदर्शन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस