२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–बङ्गलादेशबीचको सम्बन्धलाई गाढा र फलदायी बनाउँदै लैजाने सहमति

अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गाढा र फलदायी बनाउँदै लैजाने सहमति भएको बताएका छन् ।

बङ्गलादेशको तीन दिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फकेका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जलविद्युत्लगायत ऊर्जाका स्रोतको विकास एवं व्यापार गर्ने विषयमा सहमति भएको बताए ।

बङ्गलादेशका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलसँग आफूले वार्ता गरेको र त्यसमा द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई अझ फलदायी बनाउने तथा आपसी हितका सबै पक्षमा सारभूत छलफल भएको उनले जानकारी दिए । ‘बैठकमा द्विपक्षीय व्यापार प्रवर्द्धन, व्यापार सन्तुलन, व्यापारको सम्भाव्यताको खोजी, अवरोध हटाउने, शुल्क घटाउने र नयाँ निर्यातयोग्य वस्तुको उत्पादन वृद्धि गर्ने सहमति भएको छ’, बैठकबारे थप जानकारी दिँदै उनले भने । बङ्गलादेशले नेपालाई प्रदान गरेको पारवहन सुविधाको उच्चतम उपयोगका लागि बङ्गलादेशले सरल एवं सहज ढङ्गबाट पारवहन सेवा प्रदान गर्ने विषयमा सकारात्मक छलफल भएको उनको भनाइ थियो ।

नेपाल र बङ्गलादेशबीच सम्पर्क सञ्जाल (कनेक्टिभिटी) लाई अझ विस्तार गर्न दुई देशका नजिक रहेको शहरबीच सिधा हवाई उडानको व्यवस्था गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नति गर्ने, रेलमार्गको सञ्जाल विस्तार गरी दुई मुलुकलाई जोड्ने, नेपालको नदीहरु भारत र बङ्गलादेशका नदीमा जोड्ने र जलमार्गको विकास गर्ने समझदारी भएको छ ।

बैठकमा नेपालको ऊर्जा, कृषि, पर्यटनजस्ता क्षेत्रमा बङ्गलादेशबाट लगानी अभिवृद्धि गर्ने बारेमा समझदारी बनेको मन्त्री ज्ञवालीले जानकारी दिए । ‘पर्यटन क्षेत्रको विकासको लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट समेत उच्चतम उपयोग गर्ने समझदारी भएको छ’, उनले भने । नेपाल भ्रमण वर्ष, २०२० का अवसरमा बङ्गलादेशबाट नेपालमा बढीभन्दा बढी सङ्ख्यामा पर्यटकको आगमनका लागि बङ्गलादेश सरकार एवं जनतालाई आग्रह गरेको जानकारी उनले दिए ।

बङ्गलादेशमा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीले मेडिकल, इञ्जिनीयरिङजस्ता क्षेत्रमा अध्ययन गरिरहेको परिप्रेक्ष्यमा दुई देशबीच शैक्षिक क्षेत्रमा सम्बन्ध सुदृढ गर्दै उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा सझदारी बनेको मन्त्री ज्ञवालीले बताए । भूगोल, संस्कृति, सम्भाव्यता जस्ता पक्षबाट निकट रहेका छिमेकीमुलुकको रुपमा दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ बढी सुदृढ बनाउने बारेमासमेत बैठकमा छलफल भएको उनले जानकारी दिए ।

सगरमाथा संवाद प्रभावित हुँदैन

फरक प्रसङ्गमा परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना भाइरसले चीन आक्रान्त भएको र उक्त समस्या निर्मूल पार्न चिनियाँ सरकार र जनताको उच्च दक्षता र दृढताका साथको कठोर प्रयत्नको सरहाना गरे । ‘चिनियाँलाई परेको सङ्कटप्रति नेपालको ऐक्यबद्धता र सहानुभूति छ’, उनले भने, ‘यसले ‘सगरमाथा संवाद’लाई प्रभाव पार्दैन ।’

अर्को प्रसङ्गमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को वर्तमान अध्यक्षका हैसियतले सार्क प्रक्रियालाई गति दिन विशेष जोड दिइएको बताए । ‘एक अर्ब ८० करोडको बसोवास, प्राकृतिक स्रोत साधनले सम्पन्न, अन्तरआवद्धता नभएको, आर्थिक, वाणिज्य र भौतिक हिसाबले अब पछाडि पर्न हुँदैन’, उनले भने, ‘सदस्य राष्ट्रबीच मतभिन्नता छन्, वार्ता गरौँ, मतभिन्नता मत्थर गरौँ ।’ मन्त्री ज्ञवालीले भारतसँगको सीमा समस्या वार्ताको माध्यमबाट समाधान गर्न दोस्रो पत्र पठाइएको बताए ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ सम्बन्धी अमेरिकी सहयोगका सम्बन्धमा आफू सदस्य रहेको अध्ययन कार्यदलले निर्धारित मितिमै काम सकेर प्रतिवेदन बुझाउने उनको भनाइ थियो । बङ्गलादेश भ्रमणका क्रममा आफूले त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गरेको जानकारी दिँदै उनले त्यस अवसरमा नेपाल र बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै देशका जनताको हितमा अघि बढाउनुपर्नेमा जोड दिइएको बताए ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधित्वमण्डलमा परराष्ट्र सचिव, बङ्गलादेशका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सहभागी थिए ।रासस

प्रतिक्रिया दिनुहोस