एजेन्सी । चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ।
अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको उक्त पत्रिकाले जनाएको छ।
फेब्रुअरी ३ मा उक्त जर्नलले ‘चाइना इज द रियल सिकम्यान अफ एसिया’ शीर्षकमा एउटा लेख प्रकाशित गरेको थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सुयाङले सम्पादकहरूले जातीय भेदभावपूर्ण शीर्षक राखेर चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समूदायमा घृणा र आक्रोश पैदा गरेको बताए ।
स्तम्भ बार्ड कलेजका प्राध्यापक वाल्टर रसेलले ‘चाइना इज द रियल सिक म्यान अफ एसिया’ शीर्षकमा लेख्दै आएका थिए।