२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनर्बीमा कम्पनीलाई एक अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक वर्षको सबैभन्दा ठूलो परिमाणको साधारण शेयर बिक्री हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले नेपाल पुनर्बीमा कम्पनीको रु १ अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले यही फागुन ४ गते सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति प्रदान गरेको हो ।

पछिल्ला दिनमा साधारण शेयर बिक्रीका लागि त्यत्ति धेरै उत्साह नभइरहेको बेला पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्न लागिएको हो । बोर्डले अनुमति दिए लगत्तै कम्पनीले शेयर बिक्रीका लागि आश्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता रु १०० का दरले कूल एक करोड ६० लाख कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड यसअघि नै नियुक्त भइसकेको छ । शेयर बिक्री अघि गरिएको रेटिङमा कम्पनीले ग्रेड २ प्राप्त गरेको छ । इक्रा नेपालले उक्त साधारण शेयरको रेटिङ गरेको हो ।

कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ । साधारण शेयर बिक्री भएपछि कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ । कम्पनीमा नेपाल सरकारको ४४, विभिन्न बीमा कम्पनीको ३९ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी शेयर संरचना तय गरिएको छ । यस्तै बोर्डले गैर आवासीय नेपालीले प्रवर्द्धन गरेकोे ‘एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड’ लाई पनि साधारण शेयर बिक्रीको अनुमति दिइएको छ ।

बोर्डले रु १०० अंकित दरमा रु ३३ करोड ९८ लाख ४ हजार ६०० बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर बिक्री गर्ने अनुमति दिइएको छ । जलविद्युत् एवं पूर्वाधार क्षेत्रमा लगानी गर्ने लक्ष्यका साथ गैरआवासीय नेपाली संघले एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस