२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जिनियरविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ। सडक डिभिजन कार्यालयका प्रमुख(सिडिइ) जितेन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

मोरङको विराटनगरस्थित कार्यालयका प्रमुख चौधरीले पदीय मर्यादा विपरित ३ करोड ९९ लाख ४४ हजार ३ सय ४२ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा दायर गरेको हो ।

चौधरीले सडक विभागमा कार्यरत रहँदा सडकका बिभिन्न आयोजनाहरुमा ठेकदारहरुसँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो । अख्तियारले दायर गरेको आरोप पत्रमा चौधरीले सडकका विभिन्न आयोजनाका ठेकदारहरुसँग मिलेर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उल्लेख छ ।

चौधरीका परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद, छोरा छोरीको शैक्षिक खर्च लगायतका बिभिन्न शीर्षकहरुमा खर्च गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

चौधरीले बिभिन्न बैंक खाताहरुमा रहेका मौज्दात समेतमा खर्च लगानी गरेको देखिँदा उनले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अनुसन्धानको क्रममा चौधरीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेकोले बिगो जफत गर्ने प्रोजनार्थ मात्र श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीसमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफतको लागि माग दाबीसहित मुद्धा दायर गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस