काठमाडौँ । ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिइएको छ।
पूर्वमेयर बेखारत्न शाक्यको निधनमा ललितपुर महानगरपालिकाले शोक बिदा दिने निर्णय गरेको हो।
शाक्यको हिजो आइतबार ८९ वर्षको उमेरमा निधन भएको थियो।
नेपालमा २०४७ सालको परिवर्तनपछि पहिलोपटक ललितपुरको मेयरमा निर्वाचित भएका शाक्य आधुनिक ललितपुरका योजनाकार समेत रहेका थिए ।
महानगरले एक सूचना निकाल्दै १ देखि २९ सबै वडाका कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ।