२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धि र विकासका आधार तयार भएको सरकारको दाबी

अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षमा समृद्धिका महत्वपूर्ण आधार तयार भएको समीक्षा गर्दै दोस्रो वार्षिकोत्सव मनाएको छ ।

प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको विकासमा क्रियाशील हुन सरकारलाई आग्रह गरे ।

उपलब्ध प्राकृतिक साधनस्रोतको संरक्षणका साथै राम्रो उपयोग हुनुपर्नेमा जोड दिँदै प्रदेश प्रमुखले जनभावनाअनुरुप सरकार बढ्न सक्दा प्राप्त हुने लोकप्रियता अन्य प्रदेशका लागि पनि नमूना हुन सक्ने धारणा राखे

नदीनाला र ताल तलैयाँलगायतका साधन स्रोतको उपयोग गर्ने वातावरण निर्माण हुनुपर्नेमा उनको जोड छ । सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अवधिमा आवश्यक कानून निर्माण भई सरकार भौतिक पूर्वाधारलगायतका हरेक क्षेत्रमा अघि बढिरहेको बताए ।

प्रदेशको समग्र विकासलाई लक्षित गरी पञ्चवर्षीय योजना बनाइसकिएको बताउँदै उनले २५ वर्षे दीर्घकालीन योजनासमेत तयार भइसकेको जानकारी दिए । प्रदेशमा आर्थिक अनुशासन, सुशासन कायम गराउने कुरामा सरकार प्रतिवद्ध भएको बताउँदै शान्ति सुरक्षाको प्रभावकारिताका लागि प्रहरी सेवालाई पनि प्रभावकारी बनाउन खोजिएको धारणा राखे ।

प्रदेशभित्र सडक पूर्वाधार विकासका काम तीव्ररुपमा अघि बढेको बताउँदै उनले खानेपानी र विद्युतजस्ता अत्यावश्यकीय सेवालाई घरघरमा पुर्‍याउने गरी काम बढिरहेको बताए । सरकारको घोषित कार्यक्रमअन्तर्गत ८५ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने योजनाअनुरुप गरिएको अध्ययन अनुसन्धानका क्रममा ५१ वटा स्थानीय तहमा यसको सम्भावना देखिएको र आगामी पाँच वर्षभित्र उद्योग ग्राम स्थापना गरिने जानकारी दिए ।

गण्डकी प्रदेशलाई पर्यटनको राजधानी घोषणा गर्न संघ सरकारसँग माग गरिएको बताउँदै उनले यसबीचमा पर्यटन पूर्वाधारका विभिन्न काम अघि बढाइएको धारणा राखे । प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले निर्वाचनका क्रममा व्यक्त गरिएका घोषणापत्र अनुसार काम भयो वा भएन त्यसको समीक्षा गरेर अघि बढ्न सरकारलाई सुझाव दिए । सरकारले हाम्रा नभनी राम्रा राष्ट्रसेवकलाई प्राथमिकतामा राख्नसके त्यसले अन्य प्रदेशबाट पनि कमचारीको आकर्षण यसतर्फ बढाउन सकिनेमा उनको जोड छ । प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले प्रदेश सरकार समृद्धि र विकासलाई लक्षित गर्दै अघि बढिरहेको बताउँदै यस अवधिमा धेरै महत्वपूर्ण कामले गतिलिएको बताए । कार्यक्रममा प्रदेश सरकारद्वारा प्रकाशित गण्डकी प्रदेश सरकारका २ वर्ष नामक पुस्तकको मुख्यमन्त्री गुरुङ र प्रदेश प्रमुख शेरचनले संयुक्तरुपमा लोकार्पण गरे ।

कार्यक्रममा प्रदेश सर्वोत्कृष्ट कर्मचारीका रुपमा एक लाख रुपैयाँ नगद पुरस्कारसहित मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानून सचिव दलबहादुर अधिकारीलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखाअधिकृत सुमन भट्टराईलगायत प्रदेश अन्तर्गतका १८ जना कर्मचारीलाई ५० हजार र २५ हजार रुपैयाँ नगद सहित उत्कृष्ट निजामती कर्मचारीका रुपमा पुरस्कृत गर्ने घोषणा गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस