नेपाल वायुसेवा निगमको विमान वुहान विमानस्थलमा, २ बजे नेपाल आइपुग्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल वायुसेवा निगमको विमान वुहान विमानस्थलमा, २ बजे नेपाल आइपुग्ने


३ फाल्गुन २०७६, शनिबार


काठमाडौँ । कोरोना भाइरसको उद्गमस्थल चीनको हुवेई प्रान्तको वुहान तथा आसपासमा रहेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शनिवार राति चीनमा अवतरण गरेको छ ।

नेपाली समयअनुसार ४ बजेर १ मिनेटमा वुहानतर्फ उडेको निगमको वाइड बडी जहाज साँझ ८ बजे वुहानमा अवतरण गरेको थियो ।

वुहानबाट स्थानीय समयअनुसार राती ११ बजे नेपाली नागरिकलाई लिएर निगमको वाइड बडी विमान आइतबार बिहान सवा २ बजे विमान काठमाडौँमा अवतरण गर्ने तालिका रहेको छ।

चीनबाट फर्किएका १ सय ८२ जनालाई १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ। विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रू’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ।

चीन गएको निगमको वाइड बडी विमान विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक छन्।

Tags :
प्रतिक्रिया दिनुहोस