१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकालीवासीको पीडा : वर्षातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

अ+ अ-

भीमदत्तनगर । चौबिस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयवासी खुशी भएका थिए । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने उनीहरुको इच्छा अझै अधुरै छ । महाकाली नगरपालिकाका किसानले अहिलेसम्म आफ्नै घर आँगनमा बगिरहेको महाकालीको पानी सिँचाइ गर्नका लागि प्रयोग गर्न नपाएकोमा निकै चिन्तित छन् ।

‘राज्यले पहल नगर्दा हामी दशकौँदेखि सिँचाइ सुविधाबाट वञ्चित भएका छौँ’, महाकाली नगरपालिकाका मोहनबहादुर सिंहले भने, वर्षात्को समयमा वर्सेनी महाकाली उर्लिएर आउँछ, दिनरात बाढीको त्रासमा बाँच्नुपर्छ ।’ हिउँदमा खेतीका बेला सिँचाइ गर्न छेउमै बगिरहेको महाकालीको पानी प्रयोग गर्न नपाएकोमा उनको मन बेचैन रहन्छ ।

नेपाल र भारतबीच एकीकृत महाकाली सन्धिअनुसार भारतले एक किलोमिटर नहर निर्माण गरी कञ्चनपुरको महाकाली नगरपालिकालाई सिँचाइका लागि दिनुपर्ने ३५० क्युसेक पानी दिन भारतीय पक्षले आलटाल गर्दै आएको छ ।

सन्धिअनुसार बनवासा पुल नजिकको शारदा नहरबाट भारतले ३५० क्युसेक पानी माहाकाली नगरपालिका (साविक दोधारा चाँदनी) लाई दिनुपर्ने भए पनि सम्झौताको २४ वर्ष बितिसक्दा भारतले त्यसतर्फ ध्यान दिएको छैन ।

भीमदत्तनगरस्थित सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले सन्धिअनुसार महाकाली नगरपालिकालाई पानी दिन भारतले कुनै सुरसार नगरेको बताए । नेपाल–भारत सचिवस्तरको संयुक्त प्राविधिक टोलीले नहर निर्माण र पानी दिन छ महिनाभित्रै काम थाल्ने निर्णय गरेको पनि एक वर्ष बितिसकेको छ ।

‘संयुक्त टोलीले दिल्लीमै छ महिनाभित्र काम सक्ने भन्दै लिखितरुपमै निर्णय गरेको पनि एक वर्ष बित्न लाग्यो ।’ निर्देशक थापाले भने, ‘तर निर्णय कार्यान्वयनमा भारत गम्भीर देखिँदैन ।’ महाकाली सिँचाइलाई वैदेशिक सहयोग लगानी गर्ने सरकारको निर्णयबमोजिम भारतबाट नै ऋण लिएर उक्त नहर निर्माण गर्नुपर्ने थापाको भनाइ छ ।

नेपाली पक्षले केही वर्षअघि दोधारा चाँदनीमा मूल नहर निर्माणका लागि साढे चार वर्ष लागत अनुमानसहित विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेर भारतलाई बुझाइसकेको निर्देशक थापाले जानकारी दिए । उनले नेपाली सिमानासम्म भारतले एक किलोमिटर नहर निर्माण गरी दिनुपर्ने र बाँकी करिब १४ किलोमिटर मूल नहर नेपाल पक्षले नै निर्माण गर्ने गरी प्रतिवेदन तयार भएको बताए ।

स्थानीय र प्रतिनिधिसभाको निर्वाचनका बेला पनि उक्त सिँचाइ पुर्‍याउने दलीय एजेण्डा बने पनि अहिले जनप्रतिनिधिको पनि त्यसतर्फ चासो नपुगेको महाकाली नगरपालिकाका मोहनबहादुर सिंहले गुनासो गरे । ‘वर्षात्मा त्यही महाकालीको बाढीले स्थानीय त्रसित हुनुपर्ने बेला छ ।’ सिंहले भने, ‘हिउँदमा खेतमा सिँचाइका लागि जहिल्यै समस्या हुन्छ ।’

केही समय पञ्चेश्वर परियोजना बनेपछि मात्रै ३५० क्युसेक पानी दिने भन्ने बखेडा झिक्दै आएको भारतीय पक्षले काम अगाडि बढाउने भनेको निर्णयको समयावधि गत भदौमै सकिएको छ । त्यसैगरी महाकाली नगरपालिकाका उपप्रमुख चिनी ओझा गिरीले स्थानीय तह र विभिन्न समितिमार्फत पानीका लागि पटक÷पटक आवाज उठाए पनि सुनुवाइ नभएको बताए ।

‘हामीले त सिँचाइका लागि सन्धिअनुसारको पानी जनताको खेतमा पुग्नु पर्‍यो भन्ने माग गर्ने हो ।’ उपप्रमुख गिरीले भने, ‘सङ्घीय र प्रदेश सरकारले पनि यस विषयमा कुरा उठाइदिनुपर्छ ।’ लामो समयदेखि स्थानीयवासी सिँचाइका लागि पानी पाउने आशमा बस्दै आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस