५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बूढीगण्डकी जलविद्युत् अब छिट्टैनै निर्माण हुनेछ : अध्यक्ष दाहाल

अ+ अ-

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् परियोजनाको कामले अब छिट्टै गति लिने बताएका छन् । सातौँ धादिङ महोत्सवको धादिङबेँसीमा आज उद्घाटन गर्दै उनले धादिङ र गोरखाका जनताको जीवनस्तरमा गुणात्मक फड्को मार्ने परियोजना भएको हुँदा मुआब्जाको काम सकिएकोले यसको काम छिट्टै हुने बताए ।

जलविद्युत् परियोजनाका प्रभावितको पुनर्वासको विषयमासमेत छलफल भएको बताउँदै उनले यसबाट आर्थिक विकास र पर्यटन विकासमा देशलाई ठूलो फाइदा पुग्ने दाबी गरे । पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रूपमा त्रिशूली र मस्र्याङ्दीमा समानान्तर राजमार्ग बनाउन सरकार लागि परेको उनको भनाइ थियो ।

निजी, सार्वजनिक र सहकारीको विकास गर्दै समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्दै अध्यक्ष दाहालले ल्हसाबाट काठमाडौं, पोखरा हुँदै लुम्बनी रेलमार्ग बनाइने प्रतिबद्धता व्यक्त गरे । हालको अवस्थामा निजी क्षेत्र पनि उत्साहित भएको बताउँदै उनले विदेशी लगानी भित्रिए मात्र नेपाल प्रगतितर्फ अग्रसर हुने धारणा व्यक्त गरे ।

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेपाङ, मगर, लामा, झाँकी प्रस्तुत गरिएको थियो । कूल १५५ कक्ष रहेको महोत्सवले पाँच करोडको कारोवार गर्ने छ भने महोत्सवमा दुई लाख मानिसले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । धादिङमा उत्पादन भएका राडीपाखी, ढाका, हस्तकला, तथा रेशम आदि सामाग्रीको प्रदर्शनी गरिएको छ । उद्घाटन समारोहमा सांसद खेम लोहनी, मीन विश्वकर्मा, भूमी त्रिपाठी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस