२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प छैन : वरिष्ठ नेता पौडेल

अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेस ब्यासनगर समितिको आज दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहिला आफै सुध्रिनुपर्नेमा जोड दिए ।

विपक्षी पार्टीप्रति जनताको भरोसा घट्दै गइरहेको अवस्थामा कांग्रेस जनताको भरोसाको केन्द्रविन्दु बन्न सक्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । ‘कांग्रेस सुध्रिए मात्रै लोकतन्त्र विरोधीसँग लड्न सक्छौ’, वरिष्ठ नेता पौडेलले भने, ‘नसुध्रिए झन् कमजोर अवस्थामा पुग्छौ ।’

वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिलाई सम्मानित बनाउन वैचारिक बहस शुरु गर्नुपर्ने बेला आएको बताए। कांग्रेसको सिद्धान्तले मात्रै मुलुकको समृद्धि सम्भव रहेको दाबी गर्नुहुँदै वरिष्ठ नेता पौडेले राजनीतिलाई शुद्धिकरण गर्नुपर्ने आवश्यकता औंल्याए । वरिष्ठ नेता पौडेलले नेता र पार्टी सिध्याउने षड्यन्त्र भइरहेको चर्चा गर्दै त्यसतर्फ पार्टीका कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिए ।

नेता पौडेलले भने, ‘वर्तमान सरकार राज्य व्यवस्थालाई कम्युनिष्ट दर्शनमा ढाल्ने प्रयास गर्दैछ ।’ नेता पौडेलले नेपालमा कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था लागू गर्ने प्रयास भइरहेको समेत चर्चा गरे । नेपाल विद्यार्थी संघलाई अलपत्र पार्ने काम भएपछि पार्टीको विधानको धारा ४२ बमोजिम संघमा पदाधिकारी चयन गरिएको नेता पौडेलले स्पष्ट पारे ।

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टी विधि र विधान विपरीत चल्न थालेकोमा आपत्ति जनाए । भण्डारीले व्यक्तिगत फाइदाका लागि पार्टीभित्र झगडा हुने गरेको आरोप लगाउँदै पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको आन्तरिक कलह छाडेर संविधानको रक्षाका लागि लड्नुपर्ने बेला आएको बताए । उनले विधानसम्मत एकता भए मात्रै पार्टीमा एकता सम्भव रहेको बताउँदै भागबण्डाको एकताले गुटबन्दी अन्त्य गर्न नसक्ने ठोकुवा गरे ।

नगर सभापति शान्तिरमण वाग्लेको अध्यक्षतामा सम्पन्न सम्मेलनमा पार्टीका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, पूर्व सभापति धु्रव वाग्ले, रघुनाथ पौडेल, प्रदेशसभा सदस्य डोबाटे विक, सरिता गुरुङलगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने अहिलेको मुख्य आवश्यकता रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस